माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच अर्थपूर्ण भेटवार्ता

मङ्लबार, जेष्ठ १, २०७५



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी एकता लगायतका विषयमा छलफल भएको छ । एमालेका विदेश विभाग प्रमुख समेत रहेका नेपाललाई भेट्न प्रचण्ड मंगलबार एमाले वैदेशिक मामिला विभागको कार्यालय, तुल्सिलाल स्मृति भवन ललितपुरमा पुगेका थिए ।

पछिल्लो समयमा सुस्ताएको पार्टी एकतालाई गति दिने र मे ३० र ३१ मा आयोजना हुने कार्लमार्क्सको द्धिशतवाषिर्कीको सन्दर्भमा आयोजित अन्तर्राष्ट्रिय गोष्ठीका विषयमा छलफल भएको थियो । पार्टी एकताको विषयमा नकारात्मक ढंगले बहस हुन थालेको बेला दुई नेताबीच भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

विषेशगरी पछिल्लो समय एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको कार्यशैलीप्रति माओवादी केन्द्रका नेताहरूले असन्तुष्टि जनाएका छन् । दुई नेताबीच पार्टी एकतालाई छिटो निष्कर्षमा पु¥याउने विषयमा छलफल भएको छ ।

156 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank