प्रचण्डसँग मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकारको ३ घण्टा वार्ता

शुक्रबार, भदौ २२, २०७५



काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलबीच करिव ३ घण्टा वार्ता भएको छ ।

नेपाली राजदुतावासमा अखिल भारत नेपाली एकता मञ्च र प्रवासी नेपाली संघका प्रतिनिधिसँगको छलफलमा प्रचण्डले नेपालीका समस्या, दुई देशबीच भएका सम्झौतालगायतका बारेमा छलफल भएको जानकारी दिए । डोबलसँग भारतमा रहेका नेपाली कामदार र व्यवसायीका विषयमा कुराकानी भएको बताएको उनले बताए ।

उनले भने, ‘भारतले पटक–पटक गरेका प्रतिवद्धतालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल भएको छ । भारतमा रहेका नेपाली कामदार र स्वतन्त्र ढंगले व्यवसाय गरिरहेका नेपालीहरूको विषयमा डिनर मिटिङमा यहाँका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसँग कुराकानी भएको छ ।’ प्रचण्डले भारतमा काम गर्ने नेपालीका समस्या चाँडै समाधान हुने विश्वास पनि दिलाए ।

दुवै देशमा (नेपाल र भारत) एकल बहुमतको सरकार भएकाले नेपाली कामदारले भोग्दै आएको समस्या छिट्टै समाधान हुने तर्क गरे । प्रचण्डको सम्मानमा बिहीबार साँझ डोबलले रात्रिभोज आयोजना गरेका थिए ।

965 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank