प्रचण्डको सिंगापुर बसाई लम्बियो, के छ सीताको अवस्था ?

बुधबार, असार १३, २०७५



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सिंगापुर बसाइ अझै एक साता लम्बिने भएको छ ।

श्रीमती सीता दाहालको उपचारका लागि साताअघि दाहाल सिंगापुर गएका थिए । सीताको स्वास्थ्यमा सुधार भइरहेको तर थप चेकअप गर्नुपर्ने भएकाले बसाइ लम्बिएको भतिजा समीर दाहालले जानकारी दिए ।

छोरा प्रकाशको निधनपछि सीताको स्वास्थ्यमा समस्या थपिन थालेको थियो । निद्रा नलाग्ने, तागत नहुनेलगायत समस्या बढिरहेका छन् । पछिल्लो समय अन्य समस्या पनि भएको आशंका चिकित्सकले गरेपछि दाहाल परिवार सिंगापुर पुगेको हो । –कान्तिपुर दैनिकबाट

168 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank