चितवन पुगेर तालमेलको रहस्य खोले प्रचण्ड र देउवाले

बिहिबार, बैशाख २८, २०७४



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा तालमेल गरेको रहस्य खोलेका छन् । हवाई जहाजको एउटै सिटमा बसेर
चितवन पुगेका प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले एउटै मञ्चमा उभिएर
सहकार्य गर्नुको विषेश महत्व भएको बताएका छन् ।

विषेश महत्व किन छ भन्ने कुरा भने दुइटै नेताले खुलाएन । प्रधानमन्त्री प्रचण्डले माओवादीले कठोर निर्णय लिएर चुनावी तालमेल गरेको बताए । चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले पुरै देशको ध्यान चितवनमा केन्द्रित भएको बताए । उनले कांग्रेस सभापति देउवालाई भावी प्रधानमन्त्री भन्दै सम्वोधन पनि गरेका थिए । उनको सम्वोधनले देउवा मुस्कुराउदै मञ्चको दाया बाया हेरिरहेका थिए ।

उनले छोरी रेणु दाहाल आफ्नी छोरी मात्रै नभएको तर मिडियाले आफुसँग मात्रै जाडेको भन्दै
गुनासो गरे । उनले रेणुको आफ्नै त्याग तपस्या र मेहनतले टिकट पाएको दाबी गरे । कांग्रेस सभापति शेरबहादुर देउवाले अब दुईदलका बिचमा लामो समयसम्म तालमेल हुने दावी गरे । उनले दुईदलको संयुक्त सरकारले स्थानीय तहको निर्वाचन मात्र नभई संघीय र प्रान्तीय चुनाव गराउने बताए ।

उनले देश विखण्डन गर्न खोज्नेलाई भोट नदिन आग्रह गरे । त्यो को हो ? नाम भने देउवाले लिएनन । प्रचण्ड र देउवा दुईटैले सामुहिक रुपमा रेणुका पक्षमा भोट भागेका थिए । मेयरका उम्मेदवार रेणुभन्दा अरुलाई भने महत्व दिएनन ।

927 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank