रेणु दाहाललाई जिताउने ठेक्का लिए देउवाले

मङ्लबार, बैशाख २६, २०७४



काठमाडौं । नेकपा माओवादीका उम्मेदवार जिताउने ठेक्का कांग्रेसले लिएको छ । चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहाल सत्तासिन दुइ६ै दलका लागि प्रतिष्ठाको विषयमा बनेको छ । यही बैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको चितवन लगायतका मुख्य तीन ठाउँमा कांग्रेस माओवादी तालमेल भएको छ । प्रचण्ड पुत्री रेणु दाहालले चितवनको भरतपुर महानगरपालिकामा मेयरमा उम्मेद्धवारी दिएकी छिन ।

मंगलबार विहान प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति शेरबहादुर देउवावीचको रेणु दाहाललाई जिताउने विषयमा छलफल भएको छ । चितनवका कांग्रेसका कार्यकर्ताले असन्तुष्टि जनाएपछि चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य छलफल गरेका थिए ।

बालुवाटारमा वान टु वान भेटवार्तामा देउवाले रेणु दाहाल माओवादी केन्द्रकी उम्मेद्धवारमात्रै नभएर काँग्रेसकोपनि उम्मेद्धवार भएको भन्दै जिताउने अभियान लाग्न आग्रह गरेका थिए । जवाफमा देउवाले रेणु दाहाल कांग्रेसको पनि उम्मेदवार भएकाले चिन्ता नगर्न आग्रह गर्दै जिताउन आफु नै लाग्ने प्रतिवद्धता जनाएका थिए । देउवासँग भएको छलफल प्रधानमन्त्री प्रचण्ड निटकस्थहरुसँग जानकारी गराएको उनी निकट स्रोतले जवनाएको छ ।

2823 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank