प्रचण्ड- देउवाबीच भेटवार्ता

सोमवार, पुस २१, २०७६



काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यबहाक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सोमबार देउवा निवास बुढानीलकण्ठमा भएको दुई नेताहरूको भेटमा समसामयिक राजनीतिक घटनाका बारेमा छलफल भएको जनाएको छ । भेटमा पछिल्लो समय चर्चामा आएको सूचना प्रविधि विधेयक, सभामुख चयनका साथै ‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई नेतृत्व कसले लिने भन्नेबारे छलफल भएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments