बैंक खातामा रहेको नगद पनि किन लुकाए प्रचण्डले !

रहस्यको घेरामा प्रधानमन्त्री दाहालको सम्पत्ति

बिहिबार, मंसिर ३०, २०७३

loading...

- मुना गौतम



 प्रधानमन्त्रीका लागि दिएको तलब र अरु भत्ता वाफतको पैसा पनि अहिलेसम्म करिव ६ लाख खातामा रहेका स्रोतको दावी छ । तर प्रधानमन्त्रीले बुधवार आफ्नो नगद विबरणमा छैन किन लेखे ?

सामान्यतया जति आम्दानी हुन्छ अथवा कमाई हुन्छ । त्यसकै आधारमा हरेक मान्छेको खर्च चलेको हुुन्छ । बैंकमा रहेको खाता र त्यसमा तलब वाफत मात्रै भएपनि जम्मा हुने नगद उसको सम्पत्ति हो । तर प्रधानमन्त्री पुुष्पकमल दाहालका हकमा भने त्यो लागुु भएको देखिएन ।

बुधवार प्रधानमन्त्री प्रचण्डले सार्वजनिक गरेको सम्पत्ति विबरणमा नगद नभएको विवरण पेश गरेका छन् । तर एभरेष्ट बैंकमा रहेको उनको सरकारी स्वामित्वको खातामा मात्रै केही लाख पैसा मौज्दात छ । सरकारले दिने तलब भत्ताको पैसा एभरेष्ट बैंकमा रहेको उनको खातामा जम्मा हुन्छ । प्रधानमन्त्री कार्यालयको लेखा शाखाका अनुसार प्रधानमन्त्रीले दिएको अख्तियार प्राप्त व्यक्तिले झिकेर ल्याउने गर्छ र उनको सचिवालयका कर्मचारीको तलब देखि अरु खर्चको जोहो गरिन्छ ।

प्रधानमन्त्री प्रचण्डले भरेको सम्पत्ति विवरणसम्बन्धी फारम हेर्दा १० वर्ष पहिले पार्टीमा बुझाएको सम्पत्ति विवरणमा मिल्दो जुल्दो छ । सुन बढेको छ जग्गा घटेको छ ।

पैसा अनुसारको भर्पाइ लेखामा नै बुुझाउने गरिन्छ । प्रधानमन्त्रीका लागि दिएको तलब र अरु भत्ता वाफतको पैसा पनि अहिलेसम्म करिव ६ लाख खातामा रहेका स्रोतको दावी छ । तर प्रधानमन्त्रीले बुधवार आफ्नो नगद विबरणमा छैन किन लेखे ? यसबाट उनले आफ्नो सम्पत्ति जतिसक्दो लुकाउन खोजेको प्रष्ट हुन्छ । उनको लाजिम्पाटमा रहेको निवासको महिनाको भाडा मात्रै १ लाख ३० हजार अहिले पनि तिर्नु परिरहेको छ । त्यो पैसाको स्रोत के हो ? प्रचण्डले खुलाएको विवरणबाट पुष्टि हुने आधार देखिदैन ।

यात उनको हरेक खर्च–पर्च अरु कसैले बोहोरिरहेको छ वा  उनको आफ्नो चल सम्पत्ति सबै लुकाएका छन् । के आफुसँग भएको सुनले मात्रै खान लगाउन, बस्न पुुग्छ ? प्रधानमन्त्री प्रचण्डले भरेको सम्पत्ति विवरणसम्बन्धी फारम हेर्दा १० वर्ष पहिले पार्टीमा बुझाएको सम्पत्ति विवरणमा मिल्दो जुल्दो छ । सुन बढेको छ जग्गा घटेको छ ।

त्यति बेला पनि उनले नगद नभएको र घर रघडेरी श्रीमतिसहितको एक कठ्ठा सात धुर (भरतपुर, चितवनमा रहेको र सुनचाँदी तथा गरगहना २ तोला सुन रहेको विवरण बुझाएका थिए । १० वर्षमा जग्गा केही घटेको बिबरणले देखाएको छ सुन एक तोला बढेको छ । यो दश बर्षमा उनले गरेको खर्चको तुलना गर्दा उनको आम्दानी त्यसै अनुसार हुनैपर्छ ।

प्रचण्डले आफुसँग भएको सम्पत्ति लुकाएर र औपचारीकताका लागि सम्पत्ति विवरण पेश गरेको प्रष्ट भन्न सकिन्छ । कहाँ र किन लुकाएर प्रचण्डले सम्पत्ति ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोज्नुपर्छ ।

नभए उनको गुजारा कसरी चल्छ ? विना स्रोत उनको गुजारा चलिरहेको हो भने त्यसको स्रोतका विषयमा प्रधानमन्त्रीले तत्काल सार्वजनिक गर्नुपर्छ । नभए उनले भ्रष्टाचार गरिरहेको प्रमाणित हुन्छ । दोस्रो संविधान चुनावमा मात्रै उनले हेलिकोप्टरमा करोडौ खर्च गरेको सञ्चार माध्यममा नै आएको हो ।

कहाँबाट ल्याइएको थियो त्यो पैसा ? प्रधानमन्त्री प्रचण्डले सम्पत्ति कम देखाएर सर्वहारा वर्गको नेता भएको देखाएर सहानुुभूूती बटुुल्न खोजेपनि उनको सम्पत्ति विवरणमाथि धेरैले प्रश्न उठाएका छन् । प्रधानमन्त्रीले एक्लो छोरा प्रकाश दाहालसँगै रहेकाले उनीसँग भएको सम्पत्ति पनि प्रधानमन्त्रीको विवरणमा आउनुपर्ने हो । के प्रकाशसँग पनि चल, अचल सम्पत्ति सुक्को नै छैन ? विश्वास गर्न सकिदैन ।

प्रधानमन्त्री प्रचण्डसँग कम्युटर, मोवाईल छ । तर उनले त्यो पनि उल्लेख गरेका छैनन । पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले मोवाई समेत सार्वजनिक गरेका थिए । प्रचण्डले आफुसँग भएको सम्पत्ति लुकाएर र औपचारीकताका लागि सम्पत्ति विवरण पेश गरेको प्रष्ट भन्न सकिन्छ । कहाँ र किन लुकाएर प्रचण्डले सम्पत्ति ? अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोज्नुपर्छ ।

9149 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv