वामदेव चुनाव लड्नुहुन्न कुरा सकियो : प्रचण्ड

शुक्रबार, अशोज २६, २०७५



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता बामदेव गौतमले नै उपचुनाव नलड्ने बताएका छन् । नेता गौतमले नै भनिसकेकाले अब यसबारे कुरा गर्न जरुरी नरहेको उनले बताए ।

काठमाडौं ७ का सांसद रामवीर मानन्धरले राजीनामा दिएर वामदेव गौतम चुनाव लड्ने तयारी थियो । तर, चाैतर्फी आलोचना भएपछि दाहालले यस्तो बताएका हुन् । शुक्रबार आलापोटमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा दाहालले विकास निर्माण छाडेर उपचुनावकाे लफडामा नलाग्ने स्पष्ट पारे ।

दाहालले केपी ओली नेतृत्वको सरकारको भने खुलेर प्रशंसा गरे । ६ महिनाको अवधिमा नै सरकारले विकासको आधार खडा गरेको भन्दै उनले अब देखिने गरी काम हुने बताए ।

380 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank