प्रचण्ड र बाबुरामका कार्यकर्ताबीच भिडन्त

शनिबार, बैशाख २३, २०७४



गोरखा । चुनाव प्रचारका क्रममा नेकपा माअ‍ोवादी केन्द्र र नयाँ शक्ति नेपालका कार्यकर्ताबीच झडप भएको छ । झडपका क्रममा चारजना घाइते भएका छन् । गोरखामा चुनावी प्रचारको कार्यक्रममा नयाँ शक्तिका कार्यकर्ता प्रचार गरिरहेका बेला माओवादी केन्द्रले आक्रमण गरेको नयाँ शक्तिले जनाएको छ ।

झडपमा नयाँ शक्तिका चार जना कार्यकर्ता घाइते भएका छन्। गोरखाको लक्ष्मी बजारमा शनिबार साँझ ६ बजेतिर भएको झडपमा परी नयाँ शक्ति नेपालका कार्यकर्ताहरु सुवास कुमाल, भीमबहादुर कुमाल, दिपक कुमाल र तिलक कुमाल घाइते भएको प्रहरीले जनाएको छ। चुनावको प्रचारमा हिडेको नयाँ शक्तिको टोलीलाई रोकेर पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको प्रचार टोलीले आक्रमण गरेको थियो।

768 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank