सरकारी एजेण्डा बोकेर पार्टी अध्यक्षको हैसियतमा आज भारत जादै प्रचण्ड

बुधबार, भदौ २०, २०७५



काठमाडौं । सरकारी एजेण्डा बोकेर पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत जादैछन् । आज दिउँसो ३ बजे भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ । उनी पार्टी अध्यक्षको हैसियतले भारत जान लागेपनि एजेण्डा भने सरकारी रहेका छन् ।

भारतमा रहँदा उनले प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेतासँग भेट गर्ने कार्यक्रम रहेको छ । भ्रमणको दोस्रो र तेस्रो दिन भारतीय विदेशमन्त्री सुषमा स्वराजसँग दुई पटक छलफल गर्ने कार्यसूची रहेको छ ।

तीन दिने भ्रमणमा भारत सरकारले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारतभ्रमणमा गरेको सम्झौताको कार्यान्वयन, दुईदेशबीचको सम्बन्धका विषयमा छलफल हुनेछ । भदौ ३० गते प्रचण्ड चीन भ्रमणमा जाने तयारीमा छ ।

252 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank