नयाँ युगको सुरुवात भएको छ : प्रचण्ड

बिहिबार, जेष्ठ ३, २०७५

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकताको मतिका विषयमा आफुले प्रस्ताव गरेको खुलासा गरेका छन् । पार्टी एकता घोषणासभामा उनले आजका लागि एकताको मिति प्रस्ताव आफुले गरेको बताए ।

उनले मदनभण्डारी स्मृति दिवसका एकता मिति प्रस्ताव गर्दा गर्व लागेको बताए । उनले एकता देशका लागि भएको बताए । मुख्य चाहाना जनलाई सुखी बनाउनु रहेको पनि दावी गरे । उनले नेपाली नागरिक, दलका नेता कार्यकर्तालाई प्रतिवद्धताबाट विचलित नहुने बताए । उनले नयाँ समृद्धिको युग सुरु भएको पनि घोषणा गरे ।

वगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले देशमा अस्थिरता र अराजकताको युग समाप्त भएको बताए । नेपाल कम्युनिष्ट पार्टी एकता घोषणा सभालाई सम्वोधन गर्दै उनले अब स्थिरता, समृद्धि र सुशासनको युग सुरु भएको बताए । उनले नयाँ सत्तामा पुगेपछि स्खलित हुने नभइ जनतासंग भिजेको कम्युनिस्ट पार्टी बनाउने दावी गरे ।  

113 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank