पार्टी एकतामा कुनै अबराेध छैन्: अध्यक्ष प्रचण्ड

बिहिबार, चैत्र २९, २०७४



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले माअाेवादी पार्टी एकतामा कुनै अवराेध नभउकाे बताएका छन् ।  अध्यक्ष प्रचण्डले अबको बैठकले वैशाख ९ गते पार्टी एकता घोषणा हुने गरी टुंगो लगाउने बताएका छन् ।

भरतपुर महानगरपालिका वडा नं १४, पकौडीमा बिहीबार आयोजित शोकसभामा बोल्दै अध्यक्ष प्रचण्डले आफू शुक्रबार काठमाडौँ फर्किएपछि दुई पार्टीका बीचमा हुने बैठकले पार्टी एकता घोषणाको अन्तिम रुप दिने दाबी गरे ।

उनले दुई कार्यदलले तयार गरेको प्रतिवेदनमा खासै असहमति नभएको बताएका छन् । विधानमा केही छलफल गरेपछि टुंगो लाग्ने भन्दै उनले भने, “पार्टी एकता टुङ्ग्याउने समयमा एक दुई वटा विषयमा गहन छलफल होस् भन्ने चाहना हुन्छ, त्यो हामी टुङ्ग्याउँछौँ ।”

मिडियाबाट आएका कतिपय समाचार भ्रामक रहेको भन्दै उनले पार्टी एकताको गतिमा कुनै अवरोध नरहेको प्रष्ट् पारेका छन् ।  नेपाली जनताले वामपन्थीबाट गरेको अपेक्षा सम्बोधन गर्ने गरी काम गरिने बताए । जनताको अहिलेको अपेक्षा विकास निर्माणमा तीव्रता र अशान्ति एवं अराजकताको अन्त्य भएको भन्दै उनले त्यसको पक्षमा आफूहरु रहेको उल्लेख गरे ।  उनले अर्काे प्रशङमा सरकारले छिट्टै नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउने भन्दै, त्यसले विकास निर्माणमा नयाँ गति देओस् भनेर छलफल भइरहेको बताए ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहेका दाहालले तत्काल केही रकम पठाएर २६ वटा जिल्लाका सडक कालोपत्रे गर्ने तयारी भइरहेको पनि जानकारी दिए । त्यसलाई महानगरबाट सिफारिस भइसकेको दाहालले बताएका छन् ।

अध्यक्ष दाहालको सालो (सीता दाहालका भाइ) महाप्रसाद पौडेलको निधनको सातौँ दिनमा आज नेकपा माओवादी केन्द्र १४ नं वडा कमिटीले श्रद्धाञ्जलिसभाको आयोजना गरेको हो ।

181 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank