२२ अप्रीलमा विश्वभर शान्ति, समृद्धि र एकताको सन्देश दिन्छौँः प्रचण्ड

बिहिबार, चैत्र २२, २०७४



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २२ अप्रीलकै दिन पार्टी एकता गर्ने सझदारी भएको बताएका छन् । प्रचण्ड निवास खुमलटारमा रौतहटका पार्टी कार्यकर्ताको पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकताको दिन नेपालबाट शान्ति, समृद्धि र एकताको सन्देश दिने योजना रहेको बताएका हुन् ।

‘अहिले आन्तरिक तयारी गर्ने र प्रधानमन्त्रीजी भारत भ्रमणबाट फर्केर आएपछि एकताको कुरा टुङ्गााएर २२ अप्रीलका दिन एकता गर्ने समझदारी बनेको छ’, प्रचण्डले भने, ‘त्यो दिन लाखौँ जनताको उपस्थितिमा नेपाल नयाँ युगतिर प्रवेश गरेको सन्देश दिन्छौं । २२ अप्रीलका दिन शान्ति, समृद्धि र एकताको सन्देश नेपाल र विश्वभरि दिने योजना छ ।’
कार्यदलले बुझाएको प्रतिवेदनमा उत्पीडित वर्गको मुक्तिका लागि जनयुद्धको ऐतिहासिक भूमिका रहेको कुरा उल्लेख रहेको जानकारी दिँदै प्रचण्डले भने, ‘अब चुनाव चिन्ह र बराबरीको कुरा टुंगेपछि एकता हुन्छ ।’

रौतहटबाट दुई दर्जन कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । नवआगन्तुकहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नयाँ पार्टीमा रुपान्तरित भएपछि देश र जनताका धेरै समस्या समाधान हुने भएकाले अब निरास नहुन आग्रह पनि गरे ।

89 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank