वैद्य र चन्दलाई पनि एकता आउन प्रचण्डको आह्वान

मङ्लबार, फाल्गुन १, २०७४



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वसहकर्मी मोहन वैद्य र नेत्रविक्रम चन्दलाई पनि पार्टी एकता प्रक्रियामा सहभागी हुन आह्वान गरेका छन् । २३ औं जनयुद्ध दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा आयोजित कार्यक्रममा प्रचण्डले दिवास्वप्नले क्रान्ति पूरा नहुने तर्क गर्दै एकता प्रक्रियामा आउन आग्रह गरे ।

उनले भने ‘रहर र लडहमा क्रान्ति हुँदैन । जनताबाट भाग्ने र घरमा बसेर पनि क्रान्ति सम्झव छैन ।’

प्रचण्डले अब समाजवादको नारा लगाएर नयाँ अभियान सुरु हुने बताए । उनले २०४६ सालअघि नै सशस्त्र संघर्ष गर्ने योजना बनाए पनि पञ्चायत ढाल्ने शर्तमा जनआन्दोलनमा सहभागी भएको उल्लेख गरे ।

२३ पाउण्डको केक
माओवादी केन्द्रले जनयुद्ध दिवस सुरु भएको २३ वर्ष पुगेको अवसरमा २३ पाउण्डको केक काटेको छ । भ्रातृ संगठन वाइसिएलको आयोजनामा राजधानीको कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रचण्डले केक काटेका हुन् । २०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले राज्यको हरेक निकायमा परिवर्तन आवश्यक रहेको दावी गर्दै सशस्त्र युद्ध सुरु गरेको थियो । १० वर्षसम्म चलेको युद्धमा झण्डै १७ हजार मारिएका थिए ।

92 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank