मदन भण्डारीको सपना साकार हुने दिन आयो : दाहाल

मङ्लबार, कार्तिक २८, २०७४

loading...


चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताएका छन् ।

चुनावी अभियानका क्रममा मदन भण्डारीको शव भेटिएको गाजीपुरमा रहेको मदनस्मृति उद्यानमा पुगेर आज उनले भण्डारीको स्मरण गर्दै भण्डारीले देखेको सपना अब पूरा हुने बताए ।

वाम गठबन्धनको मुख्य उद्देश्य देशको तीव्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल गर्ने भएको बताउँदै उनले विकास र राष्ट्रको नेतृत्व गर्न आफ्नो उम्मेदवारी चितवनमा भएको स्पष्ट गए ।

व्यापार, व्यवसाय गरेर जनतालाई पैसाको प्रलोभनमा पार्ने, जनतालाई रैती ठान्ने, भोक, रोग र गरिबीमाथि राजनीति गर्दै जनता झुक्याउने विरुद्ध खबरदारी गर्न जनसमुदायलाई आग्रह गर्दै उनले भने “केही उम्मेदवार पैसाको बलमा जनतालाई भ्रमित पार्ने खेलमा लागेको आफूलाई जानकारी आएको छ । तिनीहरुका पैसा खोसेर जनतालाई बाँड्नुपर्छ ।”

अबको पाँच वर्षमा चितवन विकास र सभ्यताको दृष्टिले देशकै नमूना जिल्ला बनाइछाड्ने दृढता व्यक्त गर्दै उनले विगतमा नभएको काम आफूले योजनाबद्ध ढंगले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अबको युग विकास र समृद्धिको

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको युग विकास र समृद्धिको भएको बताएका छन् । भरतपुर महानगरपालिका–१७ स्थित हरैया चोकमा आज बिहान भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले आफूले पनि विकास र समृद्धिकै परिकल्पना गरेको बताउँदै भने, “अबको युग समृद्धिको युग हो, विकासको युग हो, मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम गरेँ, त्यो विकास र समृद्धिप्रतिकै संकल्प हो, आर्थिक समृद्धि र समाजवादबाहेक अर्को कुनै सपना छैन ।”

बिहानैदेखि चुनावी घरदैलोमा सक्रिय चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले आफूले निर्वाचनपछि समाजवादको सपना देखेको बताउए । उनी वाम गठबन्धनका संयुक्त उम्मेदवार हुन् । पूर्वप्रधानमन्त्री दाहालले मतदातालाई किन्न खोज्नेको पैसा कब्जा गर्न आग्रह पनि गरे ।

उनले उक्त कार्यक्रमसँगै बिहान यहाँको डेरी चोकमा वाम गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन पनि गरे । सो क्रममा उनले राप्रपा छाडेर आएका झण्डै १०० कार्यकर्तालाई पार्टी प्रवेशसमेत गराए । लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार राप्रपा(प्रजातान्त्रिक)का नेता एवं वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे पनि चुनावी अभियानमा सक्रिय छन् ।(रासस)

289 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv