प्रधानमन्त्री प्रचण्डको राजीनामा बारे गोप्य बैठकमा छलफल

शनिबार, पुस ९, २०७३

loading...


सत्ता साझेदार दलहरुभित्रै प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको राजीनामाका विषयमा छलफल सुरु भएको छ । व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संसोधन प्रस्तावसँग प्रधानमन्त्रीको राजीनामा पनि जोडेर आएको छ । संसोधन प्रस्ताव अघि बढेको अवस्थामा संसदबाट फेल भयो भने के गर्ने ? सत्ता साझेदार दलको बैठकमा मुख्य एजेण्डाका रुपमा उठेको एक नेताले दावी गरे ।

‘प्रस्ताव फेल भएको अवस्थाम प्रधानमन्त्रीले राजीनामा दिनुुपर्ला नी त्यति बेला फेरि नैतिकताको प्रश्न आउला’ केहीदिन अघि माओवादी केन्द्र र कांगेसका उच्च तहका नेताहरुको बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएका थिए । रणनीति तय गर्न सिमित नेताहरुको अनौपचारीक गोप्य बैठकमा श्रेष्ठको प्रश्नमा प्रधानमन्त्री प्रचण्ड केही बोलेनन । तर कांगेसका सभापति शेरबहादुर देउवाले भने राजीनामा दिन नपर्ने बताएका थिए ।

‘प्रतिपक्षको अवरोधका कारण प्रस्ताव फेल हुँदा किन राजीनामा दिने ?’ प्रश्न गर्दै देउवाले भनेका थिए ‘सत्तापक्षबाटै सांसदहरुले विपक्षमा मतदान गर्ने भए एउटा कुरा नारायणकाजी जी पनि धेरै आदर्शको कुरा गर्नुहुन्छ ।’ प्रधानमन्त्री प्रचण्डले त्यो बैठकमा कुनै प्रतिक्रिया नजनाए पनि पछि निकटस्थहरुसँग आफु पहिले जस्तो नैतिकता भनेर राजीनामा दिने पक्षमा नरहेको बताउने गरेका छन् ।

कुर्सी संकटमा
१९ साउमा प्रधानमन्त्री हुँदा पुुष्पकमल दाहाल प्रचण्डले दुुईवटा संकल्प लिएका थिए । मधेसी मोर्चाको माग पुरा गरेर संविधान संसोधन गर्ने र स्थानिय निकायको चुुनाव सम्पन्न गर्ने ।

भूूकम्पपछिको पुनःनिर्माण, प्रशासनीक सुधार उनका त्यसपछिका एजेण्डा थिए । मोर्चाको वार्तापछि संविधान संसोधन भदौचित्रै गर्ने उनको उदघोष थियो । तर प्रचण्ड झण्डै पाँचमहिना पुुग्दा आफ्ना मूल एजेण्डा असफल भएका छन् । पाँच महिना पुुग्न लाग्दा प्रचण्ड’ सरकारल पूर्णता पनि पाउन सकेको छैन ।

उनी अहिले संविधान संसोधन प्रस्तावमा अर्को संकटमा फसेका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेको अडानका संसोधन प्रस्ताव अघि बढाउन पनि नसक्ने र मधेसी मोर्चासहित दक्षिण छिमेकेको चिक्त नदुुःखाउन फिर्ता गर्न पनि नसक्ने विन्दुमा उनी उभिएका छन् । यही संकटले उनको कुुर्सी पनि हल्लिने खतरा बढेको छ ।

दुरी बढ्दै

केपी शर्मा ओली नेतृत्वको सरकारले मधेस मागलाई संविधान संशोधनमार्फत पूरा गर्न आलटाल गरेपछि विकल्पिक रूपमा प्रचण्ड नेतृत्वको वर्तमान सरकार जन्मिएको हो ।

संविधान संसोधनका मुद्दामा अघि बढ्दा कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डलाई राम्रो साथ दिएका थिए । अहिले पनि प्रचण्डसँग देउवाको बोली मिलेकै छ । तर कांग्रेसभित्रको ठूलो तप्का प्रधानमन्त्री प्रचण्डसँग सन्तुुष्ट छैन ।

प्रधानमन्त्रीमा निर्वाचत भएर नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिँदै गर्दा पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘मेरो ध्यान संविधान कार्यान्वयनमा हुनेछ । केही दिनभित्रै परिणाम देखिने गरी काम गर्नेछु ।’ तर, पाँच महिना पुुग्नलाग्दा उनका बाचाकसम हावादारी सावित भएका छन् ।

संविधान संसोधनमा मधेसी मोर्चालाई सहमतिमा ल्याउन सकेका छैनन । पार्टीभित्रै उनको ठूलो आलोचना छ ।

केपी शर्मा ओली नेतृत्वमा हुँदा भारतसँग विग्रीएको सम्बन्ध सुधार गर्ने राख्ने र चीनसँगको सम्बन्धलाई कायम राख्ने उनको योजना थियो । तर भारतसँगको सम्बन्ध पूर्ण सुधार आइसकेको छैन । चीन उनीसँग चिढिएको छ ।

11637 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Asia Pacific Trade Concern Janamat health right side janta bank saral flyer Below blog adv