बलुवाटार पुगेर प्रचण्डलाई घेर्दै मधेसी नेताहरु

मङ्लबार, बैशाख २६, २०७४



संघीय गठबन्धनका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग जावफ माग्ने भएका छन् । बिहान बालुवाटार पुगेर यसअघिका सहमति कहाँ गए ? भन्दै जवाफ माग्नेगरि उनी जादैछन् । संघीय गठबन्धन र सत्तारुढ दलबीच भएको सहमतिअनुसार वैशाख ३१ हुने पहिलो चरणको चुनावअघि सविधान संशोधन विधेयक पारित हुने सम्भावना कम भएपछि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन उनीहरु बालुवाटार जाने भएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले गठबन्धनलाई धोका दिएको निष्कर्ष गठबन्धनको बैठकले निकालेको छ । संविधान संशोधन विधेयक निर्वाचन अघि पारित पारित नहुने भएपछि निर्वाचन पछिको तयारीका विषयमा जानकारी लिने नेताहरुले बताएका छन् ।  भेटवार्ता बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुनेछ ।  राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा हिजो बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री प्रचण्डले आफूसँग भएको भद्रसहमति तोडेको कारणले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरि अगाडि बढ्ने निर्णय गरेको हो ।

1160 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank