“”

प्रचण्डको तर्साउने खेल !

सोमवार, बैशाख २५, २०७४



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश मात्र होइन, अरू संवैधानिक निकायका पदाधिकारीलाई पनि प्रभाव र दबाबमा राख्ने प्रयास गर्दै आएका छन् । ३ कात्तिक ०७३ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्ध सांसदहरूले व्यवस्थापिका संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेलगत्तै लोकमान निलम्बित भए ।

त्यसको भोलिपल्टै दाहालले अख्तियारका अन्य आयुक्तलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर विशेष ‘निर्देशन’ दिए । त्यहाँ अख्तियारका निमित्त प्रमुख दीप बस्नेत, आयुक्तहरू गणेश जोशी, नवीनकुमार घिमिरे, राजनारायण पाठकलाई बोलाइएको थियो । त्यसरी ‘निर्देशन’ लिनेमध्येका बस्नेत त १९ वैशाखमा अख्तियार प्रमुखको नियुक्तिमा सिफारिस पनि भइसकेका छन् ।

यसैगरी प्रधानमन्त्री दाहालले निर्वाचन आयोगका आयुक्तहरूलाई पनि दबाबमा राख्ने प्रयास गरेको स्रोतको दाबी छ । आफूले भने अनुसार नगरे महाभियोग लगाउन सक्ने डर उनले देखाएका छन् । संविधानविद् विपिन अधिकारी भन्छन्, “प्रधानन्यायाधीशलाई महाभियोग लगाएर सबै संवैधानिक अंगका प्रमुखलाई आफूले भनेको मान्न बाध्य पार्न खोजिएको हो । यसले संवैधानिक निकायका प्रमुखलाई स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्नमा व्यवधान पैदा गर्छ ।”
नेपाल साप्ताहिकले कलंकका साझेदार आबरण कथामा समाचार लेखेको छ ।

2054 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank