चुनावमा सहयोग गर्न नागरिकलाई प्रधानमन्त्रीको अपिल

loading...

शुक्रबार, फाल्गुन ६, २०७३



रोल्पा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेले अब कुनैपनि शक्तिको चुनाव नरोक्ने बताएका छन् । स्थानीय तहको निर्वाचनलाई सफल बनाउनका लागि आवश्यक सहयोग गर्न सबैलाई प्रधानमन्त्रीले अपिल गरेका छन् । रोल्पा पुगेका प्रधानमन्त्री प्रचण्डले आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन गरिसक्ने दावी गरे । उनले संविधानमै स्पष्ट किटान गरिएकोले चुनावलाई कसैले छेक्न नसक्ने बताए ।

सके सहमति नभए कानुन अनुसार सरकार चुनावमा जाने उनको भनाई थियो । प्रथम रोल्पा महोत्सवको उद्घाटनका लागि पुगेका प्रधानमन्त्री दाहालले सिंहदरबारका अधिकार गाउँ स्तरमा लैजान पनि स्थानीय निकायको निर्वाचन आवश्यक रहेको बताए । राजनीतिक परिवर्तनमा रोल्पाली जनताले गरेको योगदानको प्रशंसा पनि गरे ।

रोल्पामा नेत्रविक्रम चन्दो बन्दसत्र चलिरहेका बेला उनी पनि आज रोल्पा पुगेका हुन् । प्रधानमन्त्री प्रचण्डले रोल्पाको विकास निमार्णमा सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

267 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Below samsung cement health right side Samsung health right side Samsung health right side bottom