ओलीलाई प्रचण्डले भने, तपाईकाे राजीनामा भारतले हैन मैले मागेकाे हुँ

मङ्लबार, असार १६, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नकेपा) स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको व्यापक आलोचना भएको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई भने, दिल्लीले होइन मैले भनेको हुँ, प्रधानमन्त्री र अध्यक्ष छाड्नुस् ।

‘तपाईँ मेरो राजीनामा भारतले माग्यो भनेर भन्नुहुन्छ । यसअघि पनि दिल्लीले होइन मैले तपाईंको राजीनामा मागेको हुँ। आज पनि दिल्लीले होइन म तपाईंको राजीनामा माग्दैछु। तपाईं प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुस्।प्रचण्डलाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले बताए ।

प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारीको जन्म जयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा आफूलाई हटाउन भारत सक्रिय भएको र त्यसमा नेपाली शक्तिले साथ दिएको भन्दै अभिव्यक्ति दिएपछि पार्टी भित्रैबाट ओलीको आलोचना भइरहेको छ । प्रचण्डले प्रधानमन्त्रीलाई पदमा कायम गर्ने अथवा हटाउने काम पार्टीभित्रैबाट हुने कुरा सबैले बुझ्न पर्ने पनि बैठकमा बताएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments