लिपुलेक प्रकरणमा त्रिदेशीय समझदारी गर्न आवश्यक छ:  प्रचण्ड

आइतवार, बैशाख २८, २०७७



काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लिपुलेक प्रकरणमा चीन, भारत र नेपाल गरि त्रिदेशीय रूपमा समस्या समाधान गर्नु पर्नेमा जाेड दिएका छन ।

उनले भारत सरकारद्वारा जारी  नक्साको सन्दर्भमा गम्भीरताको साथ बहस पैरबी गरेको बताए । उनले त्यस सन्दर्भमा राष्ट्रिय सहमतिका साथ अघि बढेको र सरकार त्यसको आधारमा अघि बढेको बताए ।  आइतबार व्यवस्था परामर्श समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड भने, भारतले नेपालको सीमा अतिक्रमण गरेको विषयमा सरकारले अपनाउने कुटनीतिक पहल ठिक हुनुपर्ने बताए ।

आम नेपालीको भावना अनुरुप पार्टी अध्यक्षको हैसियतले प्रधानमन्त्रीसँग भेटेर त्यसबारे पार्टीको तर्फबट वक्तब्य दिएको बताए । उनले भने, ‘सरकारको प्रतिनिधित्व गर्दै परराष्ट्र मन्त्रालयको तर्फबाट दिने भनिएको वक्तव्य पनि मैले हेरेँ र त्यो लेटर नीतिगत रुपमा, सैद्धान्तिक रुपमा र भावनात्मक रुपमा पनि ठिक नै छ । त्यो लेटरमा दिइएको ओरियन्टेसन बेठिक छैन भन्ने मलाई लाग्छ । यहाँ माननीय सदस्यहरुले पनि जसले त्यो लेटर पढ्नुभएको छ, उहाँहरुले पनि लेटर ठिकै छ भनेर पनि आयो लेटर ठिकै छ तर लेटरमात्रै ठिक भएर भएन । एक्सन पनि ठिक हुन पर्‍यो भन्ने माननीय सदस्यहरुको भावना पनि बिलकुल सही नै छ ।’

उनले भारत र चीनसँग लिपुलेक तथा जहाँ–जहाँको सीमामा विवाद छ, त्यो विषयमा भारत र चीन दुवै देशसँग छलफल गरिएको बताए । भारत र चीनले लिपुलेकको विषयमा गरेको सम्झौतापछि यो समस्या भारतसँगको मात्रै नभइ त्रिदेशीय समस्या भएको बताए । उनले , ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीयजस्तो बन्न गएको छ बताए ।

अध्यक्ष प्रचण्डले कालापानीमा भारतीय सेना झण्डै ६० ६५ वर्ष पहिल्यैदेखि बसिराखेको र त्यसको बारेमा गम्भीरतापूर्वक विषयलाई उठाउने र समाधानको निम्ति पहल गर्नेमा विगतदेखि अहिलेसम्म किन भएन भनेर समेत विश्लेषण गर्नुपर्ने बताए ।  यस्तै पञ्चायतको पालादेखि अहिलेको सरकारसम्मले के गरे भन्ने पनि समीक्षा गर्नुपर्ने विषय भएको यसबारे सत्ता पक्ष र प्रतिपक्ष नभएर तत्काल गर्नु पर्नेमा जोड दिए ।

अध्यक्ष प्रचण्डकाे सम्बाेधन जस्ताकाे त्यस्तै

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments