विश्व शान्तिका लागि गौतम बुद्धको योगदान अतुलनिय छ: प्रचण्ड

बिहिबार, बैशाख २५, २०७७



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि गौतम बुद्धको योगदानका लागि दिनु भएको उपदेश विश्वमै लोकप्रिय रहेको बताएका छन ।

बिहिबार २५६४ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा शुभकामना दिदैं अध्यक्ष प्रचण्डले नेपाली भूमीमा जन्मेर मानव कल्याणका लागि विश्वभर उहाँको योगदान अतुलनिय रहेको उल्लेख गरेका छन । बुद्धले मानवजातीका लागि सहि ज्ञान हासिल गर्न भौतिक ढंगले सत्यको तथ्यगत अन्बेषण गर्ने शुत्रहरु पहिल्याउनु भएकोले नेपालीहरुका लागि गर्वको विषय भएको जनाएका छन ।

सामाजिक,साँस्कृतिक ऐक्बद्धता र सहिष्णुता नै नेपाली समाजको विशेषता भएको उल्लेख गर्दै अहिलेको विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी विरुद्ध लड्न सक्ने उर्जा पैदा हुने विश्वास व्यक्त गरेका छन ।

अध्यक्ष प्रचण्डद्वारा जारी शुभकामना

parchanda

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments