सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नै पर्छ: अध्यक्ष प्रचण्ड

शुक्रबार, फाल्गुन १६, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सचिवालयको निर्णय मान्नै पर्ने बताएका छन ।

शुक्रबार गृह जिल्ला चितवन पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘पार्टी सचिवालयले सर्वसम्मत ढंगले गरेको निर्णय प्रधानमन्त्रीले मान्नुपर्छ , मान्नुहुन्छ’, । ‘यो आधिकारीक निर्णयका विषयमा महासचिव विष्णु पौडेल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि भनिसक्नु भएको छ ।’

प्रधानमन्त्री ओलीले वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य नबनाउने भन्दै सचिवालयको बैठक पछि वरिष्ठ नेता माधव कुमार नेपाललाई फोन सम्बाद गरेका थिए । संविधान संशोधन गर्दै राष्ट्रियसभा सदस्य बन्ने अभिलासा लिएका वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नस्विकार्ने भन्दै प्रधानमन्त्री ओलीले यो सरकारको कार्यक्षेत्र भित्रको कुरा भएको उल्लेख गरेका थिए । सोहि विषयलाई लिएर नेकपा भित्र बबण्डर मच्चिरहेको देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments