विविधता भित्रको एकता नै नेपालीको मौलिक पहिचान हो: अध्यक्ष प्रचण्ड

सोमवार, फाल्गुन १२, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज, बहुजाति, बहु धार्मिक, बहुसांस्कृतिक भरिएको मुलुक भएको बताएका छन ।

आइतबार ग्याल्बो ल्होसार दिवसको अवसरमा शुभकामना मार्फत अध्यक्ष प्रचण्डले अनेक जाति समुदायसँगको सामिप्यता सम्मानजनक सामाजिक सद्भाव नेपाली समाजको विशेषता भएको उल्लेख गरेका छन । उनले देशको विविधता भित्रको एकता नै नेपाल र नेपालीको मौलिक पहिचान भएको जनाएका छन ।  ग्याल्बो ल्होसारले नेपाली समूदायमा सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्दै देशको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास लिएका छन ।

अध्यक्ष प्रचण्डकाे शुभकामना सन्देश जस्ताकाे त्यस्तै

parchanda

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments