कार्यदलको प्रतिवेदन पछि एमसीसी पास हुन्छ: प्रचण्ड

बुधबार, फाल्गुन ७, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकन परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित हुने बताएका छन । सुर्खेतमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमसीसी पारित गर्ने नगर्ने सम्बन्धमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा बनेको तीन सदस्सीय कार्यदलको प्रतिवेदन पश्चात एमसीसी पारित हुने बताए ।

उनले कार्यदलले ल्याएको प्रतिवेदन सचिवालयको छलफलपछि मुलुकको सार्वभौमिकता, राष्ट्रिय स्वाधीनता र स्वतन्त्रतामाथि असर नपर्ने गरी पारित हुने दाबी गरे । अध्यक्ष प्रचण्डले नेपालमा कम्युनिष्ट पार्टीलाई कमजोर बनाउनका लागि अर्बाैको लगानी भइरहेको बताए ।

विश्वमा कम्युनिष्ट शक्ति कमजोर हुँदै गए पनि नेपालमा भने शक्तिशाली बन्दै गएको बताएका छन । उनले भने,दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ” उनले भने, “यसले नेपालको राजनीतिक मानचित्र बदलेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments