समाजवादका लागि फेरी आन्दोलन हुन्छ: अध्यक्ष प्रचण्ड 

बिहिबार, फाल्गुन १, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धबाट प्राप्त उपलब्धीको संस्थागत गर्नु पर्नेमा जोड दिएका छन । बिहीबार जनयुद्ध दिवसको अवसरमा अध्यक्ष प्रचण्डले भने समाजवादका लागि फेरी आन्दोलनमा जानु पर्ने बताएका हुन ।

अध्यक्ष  प्रचण्डले तत्कालिन माओवादी विघटन गर्दै नेकपा बनाएकोमा समाजप्रति चिन्ता रहेको बताएका छन । उनले भने, ‘जनवादी क्रान्ति मौलिकतामा भएको हो । अब समाजवाद पनि मौलिकतामै अघि बढ्छ । उनले कम्युनिष्टहरु सरकारमा पुगेपछि वैचारिक स्खलनमा पुग्ने गरेको बताएका छन ।

तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र आन्दोलनको स्मरणमा माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ । दश वर्षसम्म चलेको सशस्त्र युद्धका क्रममा १७ हजार मानिसले ज्यान गुमाएका थिए ।

त्यस्तै कयाै‌ अङ्गभङ्ग, बेपत्ता भएका थिए । द्वन्द्वका क्रममा बेपत्ता पारिएका परिवारहरूले अझै राज्य वा द्वन्द्वकालीन पक्षबाट कुनै क्षतिपूर्ति नपाएको गुनासो गर्दै आएका छन् ।  तत्कालीन सशस्त्र आन्दोलनमा रहेको माओवादी केन्द्रबिच एकता भई सरकारमा सहभागी बनेको भए पनि द्वन्द्वकालीन मुद्धाहरु अझै किनारा लाग्न सकिरहेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments