संविधान आफै लागू हुँदैन: प्रचण्ड

बिहिबार, पुस १७, २०७६



चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान लेख्ने  मात्र ठुलो कुरा नभएको बताएका छन् । उनले संविधानमा भएका कुराहरू लागू गर्नुपर्नेमा जोड दिए ।

बिहीबार चितवनमा आयोजित नेपाल कृषि सहकारी सङ्घ लिमिटेडको १२ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, संविधानमा लेख्दैमा आफसे आफ सबै ठिक भइहाल्छ भन्ने कुरा छैन । राम्रा कुरा लेख्दैमा संविधान आफै लागू हुँदैन । त्यसका लागि हामीले काम गर्नुपर्छ।

उनले संविधानले तीन खम्बे नीति अनुरूप अघि बढन सके  मात्र त्यसको सार्थकता हुनेमा जोड दिए । सार्वजनिक, सरकारी र सहकारी क्षेत्रको सहकार्यबाट मात्रै नेपालको आर्थिक उन्नति र प्रगति हुनेमा जोड दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments