अर्काे निर्वाचनमा नेकपा एक्लैले दुई तिहाई ल्याउँछ: अध्यक्ष प्रचण्ड

आइतवार, पुस १३, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्काे निर्वाचनमा नेकपा एक्लैले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन ।

आइतबार चितवनको इच्छाकामना गाउँपालिकामा नेकपाको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आबधीक निर्वाचन आउन तीन वर्ष बाँकी रहेको उल्लेख गर्दै उक्त निर्वाचनमा जित सुनिश्चित रहेको बताएका हुन । उनले भने, ‘पार्टी अझै एकतावद्ध भएर विचारमा स्पष्ट र संगठित हुँदैछ । अर्काे निर्वाचनमा पार्टीले एक्लै दुईतिहाई ल्याउँछ ।

उपनिर्वाचनमा हार बेहोर्नु परेका क्षेत्रमा पार्टीले गम्भीर रुपमा लिएको बताउँदै थप रणनीतिकका साथ सो क्षेत्रहरुमा प्रस्तुत हुने बताए । उनले भने ‘गएको वर्ष कानुन बनाउने कुरामा ध्यान गयो, छिमेकीसँग सम्बन्ध सुदृढ बनाउने कुरामा पनि ध्यान गयो । धेरै छिमेकीका नेताहरुको भ्रमण भयो ।’अब विकास र समृद्धिले गति लिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments