नयाँ रणनीतिमा दाहाल, नेतासँग छुट्टाछुट्टै भेटवार्ता

आइतवार, मंसिर २२, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ रणनीतिका साथ अघि बढेका छन ।  कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै अध्यक्ष दाहालले नेकपाका नेतासँग भेटवार्ता गरिरहेका छन । सोहि क्रममा आइतबार विहान वरिष्ठ नेता माधव कुमार नेपालसँग एक घण्टा लामो छलफल गरेका छन ।

नेता नेपालपछि उनले लगत्तै महासचिव बिष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन ।  सचिवालय बैठकका लागि एकता प्रक्रियाका बाँकी काम टुग्याउने, स्थायी कमिटी बैठक र केन्द्रिय समिति बैठक बोलाउने लगायतका एजेण्डा दाहालले तय गरेका छन। मंसिरभित्रै स्थायी समिति र पुस पहिलो साताभित्र केन्द्रीय समितिको बैठक बोलाउने दाहालको तयारी छ । नेकपाको स्थायी समिति बैठक लामो समयदेखि बस्न सकेको छैन ।

त्यस्तै बैठकमा पोलिटब्यूरो गठनका विषयमा पनि छलफल हुने कार्यसूचि छ । नेकपाभित्र १ सय ४५ सदस्यीय पोलिटब्यूरो बनाउने भनिए पनि नेताहरुबीच सहमति नजुट्दा त्यसले पूर्णता पाएको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments