जनयुद्धका दोषीलाई कार्बाही होस: अध्यक्ष प्रचण्ड

आइतवार, मंसिर १५, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा भएका सम्पूर्ण घटनाको जिम्मेवारी आफूले लिने बताएका छन ।  जनयुद्धको नेतृत्व आफूले गरेका कारण त्यसको जसअपजस आफूले लिने बताएका हुन ।

आइतबार शहीद बुद्धिमान पाख्रिनको १७ औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जघन्य अपराधका दोषीलाई केही न केही कारवाही हुनुपर्छ नै भनेर आफुले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोग गठन गरेर निरुपण गर्नु पर्नेमा जोड दिइरहेको बताए ।

उनले जनयुद्धकै कारण देशमा संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना भएको दाबी गरे । अध्यक्ष प्रचण्डले भने, ‘युद्धका बेलामा अव जे भयो भयाे, तिनलाई बिर्सौँ भन्ने प्रस्ताव आएको थियो ।म शान्ति सम्झौतामा हस्ताक्षर गर्ने एक व्यक्तिको हैसियतले मैले त्यसो गर्नुहुदैन । किनभने भविश्यमा फेरि गलत ढङ्गले मानिसहरुको हत्या नहोस्, बलात्कार नहोस् भनेको हुँ । उनले दोषीको पहिचान गरि कार्बाही हुनु पर्नेमा जोड दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata