छिट्टै चीन जाँदैछु: अध्यक्ष प्रचण्ड

शुक्रबार, मंसिर १३, २०७६



काठमााडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु छिट्टै चीन भ्रमणमा जान लागेको उद्घोष गरेका छन ।  शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, चिनियाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणपछि आफू चीन जान लागेको हुँ । आफ्नो आगामी चीन भ्रमणले जनमत निर्माण गर्ने कुरामा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास लिएको छु ।’

उनले नेपाल एक चीन नीति प्रति प्रतिबद्ध रहेको बताउँदै आफू चीनको भ्रमणमा जान लागेको बताए ।  फरक प्रशंगमा बोल्दै अध्यक्ष प्रचण्डलले सिमा विवादको बारेमा नेपाल भारत र चीनको साझेदारीमा प्रयोग भएको ‘टु प्लस वान’ उपयुक्त नभएको जनाएका छन । उनले चिनियाँ राष्ट्रपति पहिले भारत भएर नेपाल आउनु पनि अर्थपूर्ण रहेको बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata