देउवाले सुर्यलाई हत्केलाले छेक्ने प्रयास गर्नु भयो: अध्यक्ष प्रचण्ड

विद्या भट्टराईको जित सुनिश्चित

बुधबार, मंसिर ११, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति विरुद्ध खनिएका छन ।

कास्की क्षेत्र नम्बर २ पोखरामा आयोजित निर्वाचन लक्षित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘शेरबहादुरजी पोखरा आएर झुठो बोल्नुभयो। घाम लागेको बेला हत्केलाले सूर्य छेक्ने काम गर्नुभयो,’ उनले भने, ‘उहाँको बोलीले कास्की २ मा विद्या भट्टराईको जित सुनिश्चित भएको छ।’

a

देउवाको कुराले गर्नेलाई भन्दा हेर्नेलाई लाज जस्तै भएको बताए ।  अध्यक्ष प्रचण्डले देउवाको उटपट्याङले कांग्रेस इतिहास हुन लाग्यो, टिठ लागेको छ ।  के कांग्रेस इतिहासको कथा बन्न चाहेको हो ?’ प्रचण्डले भने,‘सल्लाहले नक्सा छापेको हो भन्दा लाजमर्दो कुरा हो। म कांग्रेसका साथीहरूलाई सुझाव दिन चाहन्छु, तपाईंहरू एकचोटी गहिरो गरी आत्मसमीक्षा गर्नुस्।’

2

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata