प्रधानमन्त्रीको अभिव्यक्तिले झस्कीए प्रचण्ड

मङ्लबार, मंसिर १०, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिलेर जनताको सेवा गर्नु बाहेक अर्काे विकल्प नभएकाे  बताएका छन । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो भनाई प्रति लक्षित हुँदै अध्यक्ष प्रचण्डले सरकार चलाउनेले ढुक्कसँग सरकार चलाऔं, पार्टी चलाउनेले पनि राम्रोसँग चलाऔं भनेरै सो गत मसिर चार गते नेकपा सचिवालयकाे बैठक मार्फत कार्य विभाजनकाे अनुमााेदन गरिएकाे स्मरण गरे ।

जसरी पनि  जनताको सेवा गर्ने हो, उनले भने, सबै मिलेर जनताको सेवा गर्नेतिर जाऔं भन्ने बाहेक अर्को उद्देश्य होइन।  सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा  ओलीले  फायरसाइड कार्यक्रममा बोल्दै म प्रथम अध्यक्ष हुँ, प्रचण्ड द्वितीय अध्यक्ष हुन भन्दै दिएकाे अभिव्यक्ति  प्रति कटाक्ष गर्दै उक्त कुरा बताएका हुन। कार्यक्रममा ओलीले अध्यक्ष कार्यकारी नै हुन्छ । हामी दुबै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्वितीय प्रचण्ड हुनुहुन्छ । पहिला पनि बैठककाे अध्यक्षता र सञ्चालन मैले नै गर्थेँ  ।

  म बढी सरकारको काममा लाग्नुपरेको छ । पार्टी र सरकारमा बराबर गर्ने पनि भनिएको थियो । बीचमा प्रधानमन्त्री फेर्दा जुन स्थायित्व ल्यायौँ त्यसमा फेरि अस्थिरता हुने भयो । पार्टीको काम पनि मसँग सल्लाह गरेर गर्नुहुन्छ । सिनियारिटीको हिसावले म नै सिनियर अध्यक्ष हो । उहाँ अर्को अध्यक्ष हो ।’ कार्यकारी अध्यक्षको जिम्मेवारी दिएपछि कहिले उहाँले कहिले मैले  बैठक  सञ्चालन गर्ने समेत ओलीले स्पष्ट पारे । प्रधानमन्त्री  ओलीले अध्यक्ष  प्रचण्डकाे प्रशंसा गर्दै भने, उनी अत्यन्तै सजिला मानिस हुन ।

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति पश्चात अध्यक्ष प्रचण्डले झस्कदै अत्यन्त साबधानीका साथ प्रतिक्रिया दिएका छन ।  आफूले  पार्टीमा अलि बढी ध्यान दिने र ओलीले लाेकप्रिय सरकार चलाउन ध्यान दिने उद्धेश्य  सहित निर्णय गरिएकाे सम्झन पुगे । अध्यक्ष त हामी दुबै छौ । उनले भने,त्यसो भएर म देशभर दौडिरहेको छु, पार्टीमा ध्यान दिनलाई। देशभरि दौडिने कारण पनि त्यही हो।   पछिल्लो निर्णयको उद्देश्य पनि कन्फ्युजन क्लियर गरौं भन्ने नै हो भन्दै भनिरहँदा अध्यक्ष प्रचण्डमा विचित्रको हतासा देखिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata