सरकारले सिमा विवाद समाधान गर्छ: अध्यक्ष प्रचण्ड

आइतवार, मंसिर ८, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिमा विवाद समाधान गर्ने ठुकुवा गरेका छन ।  भारतले कब्जा गरेको नेपालको कालापानी र लिपुलेक नेपालको भूमी भएको भन्दै अध्यक्ष दाहालले भने, सरकारले सिमा फिर्ता गर्न पहल गरिरहेको बताएका छन ।

बागलुङको ढोरपाटनमा आयोजित चुनावी सभामा अध्यक्ष दाहालले तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता र जनमोर्चासँग चुनावी गठनबन्धनले बाम एकताको सन्देश दिएको बताए । उनले विकास र मुलुकको समृद्धिका लागि बाम एकताको विकल्प नभएको दाबी गरे । दाहालले केन्द्रमा सरकारलाई जनमोर्चाले सहयोग गरेको र बाग्लुङको चुनावमा जनमोर्चालाई नेकपाले सहयोग गरेको बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata