प्रचण्ड सचिवालयले भन्यो- मन्त्रीमण्डल फेरबदलमा प्रचण्डको कुनै हात छैन

मङ्लबार, मंसिर ३, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजि सचिवालयले मन्त्रीमण्डल पूर्नगठनका विषयमा खण्डन गरेको छ । मन्त्रीमण्डल पूर्नगठनको क्षेत्राधिकार प्रधामन्त्री केपी शर्मा ओलीको भएको भन्दै अध्यक्ष प्रचण्डलाई जोडेर समाचार प्रकाशन तथा प्रसारण गरेको प्रति आपत्ती जनाएको छ ।

मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष प्रचण्डको नीजि सचिवालयले प्रचण्डलाई जोडेर भ्रामक समाचार आएको भन्दै आपत्ती गरेको हो ।  पछिल्लो समय प्रचण्ड बुहारी खानेपानीमन्त्री बिना मगरको कार्यप्रति असन्तुष्ट रहेकाले उनलाई मन्त्रिमण्डलबाट हटाउने पक्षमा रहेको भन्ने समाचार आएपछि उनको सचिवालयले खण्डन गरेको हो ।  मन्त्रिमण्डल पुनर्गठनको अन्तिम नामावली तयार गर्ने क्रममा सोमबार साँझ प्रधानमन्त्री ओलीसँग भेट गरेका प्रचण्डको खानेपानीमन्त्री रहेकी बुहारी विना मगरको विषयलाई लिएर कुरा नमिलेको समाचार प्रति भत्र्सना गरेको जनाइएको छ ।

मन्त्रिमण्डल फेरबदल प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको अध्यक्ष दाहालले बारम्बार बताउँदै आएको उनको सचिवालयले प्रस्ट पारेको छ । ‘पत्रकारिताको सामान्य मान्यताको पनि ख्याल नगरी भएको यस प्रकारको दुश्प्रचारको भ्रममा नपर्न सबैमा आग्रह गर्दछौँ,’ अध्यक्ष दाहालको निजी सचिवालयद्वारा मंगलबार जारी प्रेस नोटमा भनिएको छ, ‘यस्ता अनर्गल र भ्रामक समाचारको घोर भत्र्सना र खण्डन गर्दछौँ ।

हेर्नुहाेस विज्ञप्ती

prchanda

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata