‘हामी एक इन्च जमिन पनि छोड्न सक्दैनौं’: अध्यक्ष प्रचण्ड

सोमवार, कार्तिक २५, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारतीय सीमा अतिक्रमण नेपालीलाई सह्य नहुने बताएका छन ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘लिम्पियाधुरा महाकालीको मुहान हो, महाकाली सीमा नदी हो भन्ने प्रष्ट रहेको छ। उनले भने यसमा कुनै कन्फ्युजन छैन । ‘प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान निकाल्नुपर्छ।’

कालापानी र सुस्तामा सीमा समस्या छ भनेर दुबै देशले स्वीकार गरेको भन्दै प्रचण्डले, ‘हामी एक इन्च जमिन पनि छोड्न सक्दैनौं, अरुको एक इन्च जमिन पनि चाहिएन’ भन्ने मान्यतामा उभिनुपर्ने बताए।

अध्यक्ष प्रचण्डले थप भने, अन्तराष्ट्रिय समितिले सरकारले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहल गर्नुपर्छ भन्नुपर्‍यो,’ । ‘कुरा मिलेन भने अन्तराष्ट्रियकरण गर्ने हो, अहिले बाहिर भन्न हुँदैन।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata