प्रदेश प्रमुख हटाउने र नियुक्त गर्ने सरकारको क्षेत्राधिकार भित्रकाे कुरा हाे:अध्यक्ष प्रचण्ड

मङ्लबार, कार्तिक १९, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रण्डले सरकार उदार भएकै कारण कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखले दुई वर्ष काम गर्न पाएको जिकिर गरे ।

सरकारले प्रदेश प्रमुख हटाएको विषयमा कांग्रेसले आपत्ती जनाएको बेला प्रचण्डले उक्त कुरा बताएका हुन । उनले भने, ‘कैयौं देशहरुमा त सरकार बदलिनेबित्तिकै प्रदेश प्रमुखहरुले मोरल्ली रिजाइन गर्दिने र सरकारलाई काम गर्न सजिलो पार्दिने प्रचलन पनि छ । तर, हाम्रो सरकार अलि उदार भएको हुनाले, अलि धेरै नै लचिलो र जिम्मेवार भएको हुनाले दुई वर्षसम्म उहाँहरुलाई काम गर्न दियो । अहिले सरकारले अब फेर्न उचित हुन्छ भन्ठान्यो ।’‘यो सरकारको क्षेत्राधिकारभित्रको कुरा हो, गर्‍यो ।

फरक प्रशंगमा बोल्दै अध्यक्ष प्रचण्डले भने माधव नेपालले प्रदेश प्रमुखका विषयमा कुनै असन्तुष्टि सामान्य रहेको ठोकुवा गरे । नेपालगंञ्ज विमानस्थलमा पत्रकारहरुसँगको भेटघाटमा उनले भने,   ‘माधवजीले एक–दुई जनाको नाम पक्कै पनि प्रस्ताव गर्नुभएको थियो । जोड दिनुभएको थियो यो गरौं भन्ने खालले । तर, बैठकले त्यो निर्णय गरेन, यो निर्णय गर्‍यो ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata