प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष प्रचण्ड अस्पतालमा

प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गरिने

बिहिबार, कार्तिक १४, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेका छन ।

प्रधानमन्त्री ओली एकाएक विरामी भएपछि बुधबार ग्राण्डी अस्पतालमा भर्ना भएका थिए । दोस्रो पटक मृगौलाको डायलाइसिस गर्न ग्राण्डी अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको डायलाइसिस गर्ने तयारी भएको अस्पातल स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीसँग भेटपछि प्रचण्डले सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गरिने जानकारी दिए। ओलीसँगको भेटपछि अध्यक्ष प्रचण्डले  भने केही समय रेस्ट गरेर उहाँ डिस्चार्ज हुँदै हुनुहुन्छ। उहाँ आज बालुवाटार जाँदै हुनुहुन्छ । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।

यस अघि ओलीलाई भेट्न नेताद्वय भीम रावल र नारायणकाजी श्रेष्ठ अस्पताल पुगेपनि प्रधानमन्त्रीलाई भेट गर्न पाएका थिएनन । डाइलासिस प्रक्रिया चलिरहेको भेटघाटको कार्यक्रम बन्द गरिएको चिकित्सकहरुले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata