सरकारको विरोध गर्ने विरुद्ध प्रतिवाद गरौं: अध्यक्ष प्रचण्ड

आइतवार, कार्तिक १०, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको विरोध गर्नेहरु विरुद्ध प्रतिवाद गर्ने आव्हान गरेका छन ।

राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारको वदनाम गर्न खोजेकाले त्यसको प्रतिवाद गर्न अपिल गरेका हुन । उनले कम्युनिस्टहरुको एकता र सरकार मन नपरेकाहरुले सरकारको विरोध गरिरहेको आरोप लगाए । उनले भने, ‘रातदिन उनीहरु यो पार्टीलाई के गरी कमजोर पार्न सकिएला, यो सरकारलाई के गरी बदनाम गर्न सकिएला, पार्टीका नेताहरुबीच के गरी विवाद गर्न सकिएला भनेर लागिरहेका छन् ।’

अध्यक्ष प्रचण्डले राजतन्त्रको अन्त्य गरी ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि एक हुनु पर्नेमा जोड दिए । साथै आफु प्रधानमन्त्री बनेको बेला नेपाल सम्वतको सरकारी विदा प्रदान गरेको भन्दै सरकारले त्यसलाई पालना नगरेको प्रति असन्तुष्टि जनाए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata