हाम्रो सहमति छिट्टै कार्यान्वयन हुन्छ: प्रचण्ड

मङ्लबार, कार्तिक ५, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका क्रममा भएका सहमति कार्यान्वयन हुनेमा विश्वास व्यक्त गरेका छन । उनले प्रधानमन्त्री केपी ओलीसँग भएको सहमति नतोडिएको स्पष्ट पारे ।

मंगलबार पाँचथरमा आयोजित वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एकताको क्रममा भएको सहमति पूरा हुने विश्वास व्यक्त गरे । उनले भने, ‘मिडियामा आएका कुराहरुलाई लिएर भ्रममा नपर्न आग्रह गर्छु । हामी समझदारीबाटै अघि बढ्छौ’ ‘हिजोमात्रै पनि प्रधानमन्त्रीसँग दुई घण्टा कुुराकानी भयो । वातावरण सकारात्मक छ । अब छिट्टै सहमति कार्यान्वयन हुन्छ ।’

मन्त्रीमण्डल हेरफेरका विषयमा प्रधानमन्त्रीको कार्यक्षेत्र भित्र पर्ने भएकाले यसमा कुनै टिप्पणी गर्न नचाहेको उद्घोष गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata