फेरी आन्दोलन गर्ने इच्छा छ, साथ दिनुहुनेछ भन्ने विश्वास छ: अध्यक्ष प्रचण्ड

बिहिबार, अशोज ३०, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरी एक पटक आन्दोलन गर्ने इच्छा व्यक्त गरेका छन । मुलुकमा समाजवाद स्थापनाका लागि आन्दोलनमा जाने ईच्छा रहेको उद्घोष गरेका छन ।

विहिबार गृह जिल्ला चितवनमा चियापान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,‘फेरि एकचोटी राष्ट्र, जनताको हितमा समर्पित भएर अब काम गर्छु भनेर दह्रोसँग संकल्प लियौं भने सकिन्छ।

समाजवादको उदेश्य पूरा गर्न र पार्टीलाई कम्युनिष्ट जस्तो बनाउन आन्दोलन गर्ने इच्छा रहेको बताएका छन । उनले भने, ‘यो महान उद्देश्यमा साथ दिनुहुनेछ भन्ने मेरो विश्वास छ। हामी जित्छौं पनि। प्रतिक्रान्ति यसरी रोकिन्छ भनेर उदाहरण दिन पनि सक्छौं।’

आफ्नै पार्टीमा नराम्रो रोगको सुरुवात भएको भन्दै बेलैमा विचार नगरे त्यसले पार्टी सिद्धाउन बेर नलाग्ने उनले दावी गरे । हामीले निर्णय एउटा गर्ने, भोट अर्कोलाई हाल्ने रोग चितवनबाटै सुरु भएको छ, उनले भने, पार्टीलाई ग्याष्ट्रिक, अल्सर रोग लागिसक्यो। बेलैमा उपचार गरे निको हुन्छ, नत्र खतरा छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata