सीको भ्रमणले समाजवादको यात्रालाई सहयोग गर्नेछ: अध्यक्ष प्रचण्ड

बुधबार, अशोज २९, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सीको भ्रमणले समाजवादको यात्रालाई सहयोग गर्ने उद्घोष गरेका छन ।

नेकपाद्वारा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपति सी चिनफिङको आगमनले त्रिदेशीय साझेदारीको ढोका खुलेको बताए ।

उनले भने, त्रिदेशीय साझेदारीमा जानु पर्छ भनेर भारत र चीन भ्रमणको क्रममा मैले भनेको थिएँ। अहिले त्यो दिशातिर हामी जाने आधार बनेको छ। टु प्लस वन भनेर मोदी र सीबीच कुरा भएकोले पनि त्यसलाई दर्शाउँछ। यसले समाजवादको यात्रालाई सहयोग पुर्याउने छ। सीले नेपाल अब भूपरेवेष्ठित होइन भूजडित हुने छ भन्ने भनाईले देश नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गरे ।

1

72278821_10211634658422122_4579929339478409216_n

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata