गुट-उपगुटका लागि पार्टी एकता गरेका होइनौं:अध्यक्ष प्रचण्ड

सोमवार, अशोज ६, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गुट-उपगुट सिर्जना गर्नका लागि नभएको बताएका छन ।

सोमबार राजधानीमा आयोजित दिवंगत नेतृ सहाना प्रधानको स्मृति सभामा बोल्दै अध्यक्ष प्रचण्डले ‘पदक र गुटउपगुट बनाएर लड्नका लागि नभएर नयाँ अभियानतिर जाऔं भन्नका लागि एकता गरेको प्रष्ट पारे। उनले अहिले आदर्शच्यूत र स्खलित हुने अवस्था आएको बताउँदै त्यसलाई सुधार्नुपर्नेमा जोड दिए।

पार्टी भित्रका गुटउपगुट भइरहेको तर्फ संकेत गर्दै उनले गुटउपगुटले पार्टी र सरकारलाई राम्रो नगर्ने सुझाव दिए । फरक प्रशंगमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘हामीलाई नयाँ आन्दोलन र मिसन चाहिएको छ। सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुन्छ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments