भ्रष्टाचार विरुद्ध सरकार र पार्टी अघि बढेको छ: अध्यक्ष प्रचण्ड

आइतवार, अशोज ५, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारका विरुद्ध सरकार र पार्टी अघि बढिरहेको स्पष्ट पारेका छन ।

थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगेका अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र र यो संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा हुनुपर्नेमा जोड दिए । उनले भने, ‘अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । तर अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो ।’

उनले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो । यसको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्छ भन्ने संसदमा सहभागी राजनीतिक दलहरुबीच सझदारी भएको छ । उनले भने,यसको अर्थ भौतिक होइन राजनीतिक र वैचारिक रुपमा त्यो प्रवृतिलाई परास्त गर्नुपर्यो । भ्रष्टाचारका विरुद्ध सरकार र पार्टी अगाडि बढिरहेकै छ । संघीय लोकतान्त्रिक गणतन्त्र र  संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा छन् ।

हामीले सरकार र पार्टी दुबैको कामको समिक्षा गरिरहेका छौं । यसलाई नयाँ शीराबाट गति दिने बारे छलफल भइरहेको छ । पार्टीलाई एकतावद्ध गर्ने विकास निर्माणका कामलाई गति दिने काम भइरहेकाे छ ।  सरकारले काम नै गरेन भन्ने कुरा सत्य होइन उनले भने,थुप्रै मौलिक हक सम्बन्धी कानून बने, छिमेकीसँगको सम्बन्धमा सुधार आयो । भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठूलै उपलब्धी हो । चीनसँग राम्रो सम्बन्ध र आधारहरु बनेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata