प्रचण्डको दाँतमा समस्या

बुधबार, अशोज १, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दाँतमा समस्या आएकाे छ ।

अध्यक्ष प्रचण्डको दाँतमा समस्या देखा परेपछि उनी उपचारका लागि अस्पताल पुगेका छन ।  अध्यक्ष प्रचण्डका निजि सचिव तथा पुत्री गंगा दाहालले अस्पतालमा उपचार गर्दै गरेको फाेटाे  बुधबार फेसबुक मार्फत सार्वजनिक गरेकी छिन ।

उनले फेसबुक स्टाटस लेख्दै दाँतमा समस्या देखा परेपछि उपचारकाे क्रममा रहेकाे जानकारी दिएकी छन ।  लामो समयदेखि दाँतमा समस्या आएपछि उनी उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ललितपुर पुगेका हुन् ।

चिकित्सकहरुले समस्या आएकाले एउटा दाँत निकाल्नु पर्ने बताएका छन ।

prachanda1

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata