चीनको सहयोग गुणात्मक हुने अपेक्षा राख्छौं: अध्यक्ष प्रचण्ड

मङ्लबार, भदौ २४, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

मंगलबार भएको भेटमा नेपालको आर्थिक विकासको प्रयासमा चीन सरकार र चिनियाँ जनताबाट हुने सहकार्य र सहयोगलाई थप विस्तार गर्नेबारे पनि छलफल भएको थियो । दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित थियो । चिनियाँ राष्ट्रपतिको सि जिङ पिङको आसन्न नेपाल भ्रमणबारे छलफलमा विचार विमर्श भएको थियाे। दुबै नेताबीच छलफल सकारात्मक र उत्साहप्रद रहेकाे अध्यक्ष प्रचण्डकाे सचिवालयले जनाएकाे छ।

 

भेटका क्रममा अध्यक्ष प्रचण्डले भने, ‘हामीले चीनको सहयोग मात्रात्मक मात्र नभई गुणात्मक हुने अपेक्षा गरेका छौं । यसले नेपालको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं ।  विदेशमन्त्रीज्यू हामीले उठाएको विषयमा सकारात्मक बन्नु भएको छ उनले भने।’

अध्यक्ष प्रचण्डले विदेशमन्त्री वाङको यो भ्रमण सय वर्षको नेपाल चीनबीचको सम्बन्धलाई थप मजबुत बनाएको बताएका छन । उनले भने, ‘एक चीन नीतिप्रति हामी मुखले होइन कामले देखाउने छौं ।’ अध्यक्षले छोटो समयमा आधुनिक चीन निर्माण गरेकोमा चिनियाँ कम्यनिष्ट पार्टी र राष्ट्रपति सिलाई बधाइ दिन चाहान्छु भने । उनले भने, ‘यो सन्देश महामहिम राष्ट्रपतिलाई सुनाइ दिनुहोला ।’

भेटका क्रममा विदेशमन्त्री वाङ यीले चीन नेपालको सधैंको मित्र भएको बताएको प्रचण्डको सचिवालयले जनाएको छ । उनले भने,’नेकपाको सरकार बनेपछि यहाँ राजनीतिक स्थिरता कायम भएको छ र यो नै विकासको मूल आधार हो ।’ नेपाली जनताको अपेक्षा पुरा गर्न चीन सरकार सकारात्मक छ ।’

भिडियाे अन्नपूर्णपाेष्टबाट साभार

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata