परिवर्तनका पक्षधर एक जुट हुनुको विकल्प छैन: अध्यक्ष दाहाल

बिहिबार, भदौ १९, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तनका पक्षधरहरु एक जुट हुनु पर्नेमा जोड दिएका छन ।

उनले प्रतिगमन र प्रतिगामीहरुले टाउको उठाउन खोजेकाले राजनीतिक परिवर्तनका पक्षधरहरु एकजुट र सचेत रहनुको विकल्प नरहेको बताएका छन् ।

विहिबार काठमाडौंमा आयोजित दलित सम्बन्धि राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले धर्म र अन्य असन्तुष्टिका नाममा संघीय गणतन्त्रमाथि आक्रमण बढिरहेको बताए । संविधान विरोधी तत्वहरुहरु सक्रिय रहेको बताउँदै त्यसको प्रतिवाद गर्नु पर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले दलित मुक्ति आन्दोलन दीर्घकालीन आन्दोलन पनि भएकाले यसमा उत्पीडित समूदायले एकतावद्ध हुनु पर्ने बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata