पार्टीमा अनुशासन भएन: अध्यक्ष प्रचण्ड

शुक्रबार, भदौ ६, २०७६



काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अनुशासन नभएको टिप्पणी गरेका छन । उनले पार्टी विधि विधान अनुरुप नचलेको भन्दै चिन्ता व्यक्त गरे ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीमा अनुशासन नभएर जथाभाबी बोल्दै हिडेकोमा दुख व्यक्त गरे । उनले भने, हामी हिजो निकै अनुशासित थियौं र मात्र यहाँ आइपुगेका हौं ।  अनुशासनबाट गिरेर जसलाई जे मन लाग्यो त्यही बोलिदिने, समूहको हितलाई वेवास्ता गर्ने भयौं ।’ भन्दै नेता तथा कार्यकर्ताकाे व्यवहार र कार्यशैली प्रति प्रश्न गरेका छन ।

विहिबार नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच भएको विवाद प्रति लक्षित हुँदै अध्यक्ष प्रचण्डले कम्युनिष्ट सत्तामा पुगेपछि राजामहाराजाको जस्तो संकेत देखा परेको टिप्पणी गरे ।

उनले सामूहिक निर्णय, व्यक्तिगत जिम्मेवारी’ उल्टिएर अहिले व्यक्तिगत निर्णय, जिम्मेवारी समूहले लिनु पर्नेमा जोड दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata