ओली नहुँदा  प्रचण्डले नेकपाको बैठक बोलाउन सक्ने

बिहिबार, भदौ ५, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितीमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठक बोलाउन सक्ने भएका छन ।

बिहिबार नेकपा सचिवालयको बैठकले अध्यक्ष ओलीको अनुपस्थितीमा पनि बैठक बस्न सक्ने सहमति गरेको हो । प्रधानमन्त्री ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जानै लाग्दा पार्टीले सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।

यस अघि ओली नहुँदा पार्टीको बैठब बोलाउन सक्ने अधिकार प्रचण्डलाई दिएको थिएन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata