बाढीले नेपालमा मात्र हैन भारतमा पनि समस्या छ: अध्यक्ष प्रचण्ड

मङ्लबार, भदौ ३, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीले नेपालमा मात्रै नभएर भारतमा समेत समस्या भएको बताएका छन ।

उनले तराई डुबानको विषयमा भारतसँग कडा रुपमा प्रस्तुत हुनु पर्नेमा जोड दिए । भारत तर्फबाट सीमा क्षेत्रमा बन्ने सडक र बाँधले नेपाली भू–भाग डुबानमा पर्ने गरेको प्रष्ट पारे । मंगलबार जिल्ला विपत व्यवस्थापन समिति धनुषाको बैठकमा बोल्दै अध्यक्ष दाहालले भने, प्रदेश-२ को बाढी, डुबान, खडेरी, आगलागी लगायतको सवालमा सरकारले दीर्घकालिन समाधान खोज्नुपर्छ ।

उनले प्रदेश-२ मा भएको विपद न्यूनिकरणमा सरकार तथा पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए । अध्यक्ष दाहालले जनता आवास कार्यक्रम ल्याएर झुपडीहरु हटाएर साना भएपनि पक्की घरमा रुपान्तरण गर्नुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले तराईको डुबान रोक्न भारतसँग समन्वय गर्नु पर्नेमा जोड दिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata